पर्साको बागवानाबाट खुल्ला स्थानमा दिशा गर्ने १५ जना पक्राउ
जेठ २ पर्साको पर्सागढी गाउँ पालिका वडा नम्बर १ बागवानामा मंगलबार खुल्ला स्थानमा दिशा गर्ने १५ जना पक्राउ परेका छन् । वडा सचिब लक्षमी गिरीको नेतृत्वमा प्रहरी र बाल क्लब सहित बिहान अनुगमनमा निस्किएको टोलीले बागवानामा खुल्ला स्थानमा दिशा गर्दै गरेको अवस्थामा १५ जनालाइ पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाइ आ आफनो घरमा यथाशीघ्र शौचालय बनाउने प्रतिबद्धता जनाउन लगाएर छाडिएको अरुणोदय युवा क्लबका कार्यक्रम संयोजक रोशन गुप्ताले बताउनु भयो । अनुगमन टोलीमा सशस्त्र प्रहरी बेस क्याम्प बागेश्वरी तित्रौना, अस्थायी प्रहरी चौकी मानवा, स्थानीय बाल क्लब र अरुणोदय युवा क्लबको सहभागीता रहेको थियो । बागवानालाइ यहि जेठ १५ गते भित्र खुल्ला दिशामुक्त वडा घोषणा गर्ने लक्ष्यका साथ काम भइरहेको अरुणोदय युवा क्लका कार्यक्रम संयोजक गुप्ताले जानकारी दिनु भयो ।