सेढवामा बरामद गरिएको घरेलु मदिरा नस्ट
जेठ २ पर्साको सेढवामा रहेको ईलाका प्रहरी कार्यालयले विभिन्न स्थान र होटलबाट बरामद गरिएको घरेलु मदिरा मंगलबार नस्ट गरेको छ ।ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायव निरीक्षक रामराज पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले एक साताको अवधीमा बरामद गरेको दुइ सय लिटर घरेलुु मदिरा मंगलबार नष्ट गरेको हो ।ईलाका प्रहरी कार्यालय सेढवाको परिसरमा आज स्थानीय भद्रभलादमी र सञ्चारकर्मीको रोहवरमा घरेलु मदिरा नस्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।