ठोरीको विद्यालयमा प्रारम्भिक कक्षा पढाई सम्बन्धि एक दिने अभिमूखिकरण तालिमको आयोजना
जेठ ४ र्साको ठोरीमा रहेको सरस्वती माध्यमिक विद्यालयमा बिहीबार राष्ट्रिय प्रारम्भिक कक्षा पढाई सम्बन्धि एक दिने अभिमूखिकरण तालिमको आयोजना गरिएको छ ।ठोरी स्रोत केन्द्र अन्तरगत रहेका २३ वटा सामुदायिक बिधालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सहभागी अभिमूखिकरण तालिममा कक्षा १ देखि ३ सम्मका बिद्यार्थीको पठनसिपको बिकास गर्ने बिषयमा छलफल केन्द्रित रहेको जिल्ला शिक्षा कार्यालय पर्साका स्रोत व्यक्ति छोटेलाल प्रसादले जानकारी दिनु भयो ।जिल्ला शिक्षा कार्यालय पर्साको आयोजनामा भैरहेको अभिमूखिकरण तालिममा स्रोत व्यक्ति छोटेलाल प्रसाद, राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका पर्सा जिल्ला सँयोजक भरत सहनी र लक्षण उपाध्यायले सहजीकरण गरिरहनु भएको छ ।कक्षा १ देखि ३ सम्मका बिद्यार्थीका पठनसिप कमजोर रहेको पाइए पछि सरकारले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम मार्फत पठनसीपको बिकास गराउने उदेश्यले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम ल्याएको स्रोत व्यक्ति छोटेलाल प्रसादले जानकारी दिनु भयो ।