जन्मदै मोतियाविन्दु भएकी बालिकाको केडिया आँखा अस्पतालद्धारा सफल शल्यक्रिया



जेठ ५ परवानीपुरमा रहेको केडिया आँखा अस्पतालले जन्मदै मोतियाविन्दु भएकी एक बालिकाको सफल शल्यक्रिया गरेको छ । पर्साकोे बहुदरामाई गाँउपालिका वडा नंबर ५ बर्वाटोलका माधव रामको तेस्रो सन्तानका रुपमा जन्मिएकी एक बर्षिया छोरी अन्जना कुमारीको दुवै आँखामा भएको मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको हो । शल्यक्रिया पछि अञ्जना दुवै आँखाले देख्न सक्ने भएकी छन् । सेवा फाउन्डेसनको सहजीकरणमा बालिकाको आँखाको शल्यक्रिया गरिएको हाम्रा सहकर्मी राधेश्याम पटेलले जनाएका छन् । क्यानेडियन फिल्म मेकर डअटले गरिबी र अशिक्षाका कारण पौष्टिक आहारको अभावमा आँखा कमजोर भएकी बालिकाको डकुमेन्ट्री बनाउनुभएको छ । डकुमेन्ट्री देश विदेशमा लगेर देखाउने र त्यसले पौष्टिक आहारको कमीका कारण आँखा देख्न नसक्ने बालबालिकालाई सहयोग जुट्ने विश्वास लिईएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन