बाराको आदाभार जंगलमा बस पल्टिदा एक गर्भवती महिला सहित २ को मृत्यु



जेठ ६ पथलैया हेटौडा सडक खण्ड अन्तर्गत बाराको आदाभार जंगलमा शनिबार बिहान यात्रुवाहक बस पल्टिदा एक गर्भवती महिला सहित दुइ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । घाइते मध्ये पाँच जनाको अवस्था गम्भिर रहेको छ । काठमाण्डौबाट जनकपुर तर्फ जाँदै गरेको ना ७ ख १६४१ नम्बरको बस आदाभर जंगलमा शनिबार बिहान पाच बजे तिर अनियन्त्रित भइ पल्टिदा त्यसमा सवार रहेका मध्ये दुइ जना यात्रुको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाको रामपट्टी सिर्सियाकी २५ वर्षिया किरण साह र महोत्तरीको रतौली ६ का बल्ला यादव रहेका छन् । दुवै जनाको घटनास्थलमै मृत्यु भएको मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ । दुर्घटनामा परि गम्भिर घाइते भएका महोत्तरीको पटियही ८ का ५० वर्षिय मन्सुर साह , धनुषाको कबाडहलका १८ वर्षिय इदम महम्मद , धनुषाको बाल्मिकी ८ का ४० वर्षिय रोहित यादव , धनुषाकै बाल्मिकी ३ का ४८ वर्षिय रामपुकार अधिकारी र धनुषाको दुहबी २ का २६ वर्षिय जमुना पण्डितको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल र वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ । अरु सामान्य घाइते १५ जना सिमरामा उपचार गराइ घर फर्किसकेको मध्यक्षेत्रीइ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी जवान सुशील राना मगरले जानकारी दिनु भयो । तिब्र गतिमा रहेको बस आफै अनियन्त्रित भइ सडक छेउमा पल्टिएको मगरले बताउनु भयो । बसका चालकलाइ इलाका प्रहरी कार्यालय सीमराले नियन्त्रणमा लिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन