वीरगन्जको श्रीपुरमा राष्ट्रिय जनता पार्टी नेपालको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
जेठ ६ वीरगन्जको श्रीपुरमा शनिबार राष्ट्रिय जनता पार्टी नेपालको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा काँग्रेस, एमाले , संघीय समाजवादी फोरम नेपाल लगायतका विभिन्न पार्टीका करिब तीन सय जना राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका छन् । विद्यार्थी गिरीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनता पार्टीका नेताहरु सुरेन्द्र कुर्मी , विमल श्रीवास्तव , शीव पटेल , राजेशमान सिंह , कदम रसुल , निजामुदिन समानी , जनार्दन यादव , कृष्णा पटेल , पुरुषोत्तम झा, रेखा साह , मालती कुशवाहा लगायतको सहभागीता रहेको जिल्ला सचिव धर्मेन्द्र पटेलले जानकारी दिनु भयो ।