समाजसेवी एंव फोरम नेपालका नेता सरावगी मधेस प्रदेशको कोषाध्यक्षमा मनोनीत
जेठ ७ संघीय समाजवादी फोरम नेपालले वीरगन्जका समाजसेवी एंव फोरम नेपालका नेता विजय सरावगीलाइ तराइ मधेस प्रदेशको कोषाध्यक्षमा मनोनीत गरेको छ । जनकपुरमा शनिबार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यता एंव मधेस प्रदेश अध्यक्ष रेणु यादवको अध्यक्षतामा सम्पन्न बैठकले सरावगीलाइ कोषाध्यक्षमा सर्वसहमतीले मनोनित गरेको हो । तराइ मधेस प्रदेशका सम्पुर्ण फोरम नेपालका जिल्ला अध्यक्षहरुको विशेष सहभागीतामा सम्पन्न भएको बैठकमा प्रदेश सचिव शेषनाथ नारायण यादवले कोषाध्यक्षमा समाजसेवी सरावगीको नाम प्रस्तावित गरेपछि बैठकले सर्वसहमतीबाट उक्त प्रस्ताव पारित गरेको फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले बताउनु भयो ।कोषाध्यक्षमा मनोनित भएपछि सरावगीले धन्यावाद व्यक्त गर्दै पार्टीले दिएको जिम्मेवारीलाइ पुर्ण रुपमा इमान्दारीका साथ निर्वाह गर्ने समेत बताउनु भयो ।