विरञ्चीवर्वाका स्थानीवासीले नियन्त्रणमा लिएको हरिण प्रहरीले वन कर्मचारीको जिम्मा लगायो
जेठ ७ र्साको विरञ्चीवर्वाबाट आईतबार बिहान स्थानीवासीले नियन्त्रणमा लिएको हरिणलाइ प्रहरीले वन कर्मचारीको जिम्मा लगाएको छ । जंगलबाट गाउँ पसेको हरिणलाई वीरञ्चीवर्वा र सुर्जाहाकट्टीका स्थानीय बासिन्दाले मिलेर नियन्त्रणमा लिएका थिए । स्थानीयवासीले नियन्त्रणमा लिएको अन्दाजी ३० किलोको भाले हरिणलाइ प्रहरीले जिल्ला वन कार्यालय पर्सालाई बुझाएको हाम्रा सहकर्मी लालबाबु बानियाँले जनाएका छन् ।