प्रसौनी गाउँपालिका महुवनमा आगलागी हुँदा २ वटा घर जलेर नष्ट
जेठ ७ पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नंबर ५ महुवनमा शनिबार राति आगलागी हुँदा २ वटा घर जलेर नष्ट भएको छ । स्थानीय समायन माझीको घरबाट सल्किएको आगोले इनल माझी मुसहरको घर पनि पूर्ण रुपमा जलेर नष्ट भएको हो । राति साँढे ८ बजे लागेको आगो स्थानीय बासिन्दा र प्रहरी मिलेर सवा ९ बजेतिर नियन्त्रणमा लिएको स्थानीय गोविन्द प्रसाद कानुले जानकारी दिनुभयो । आगो नियन्त्रणमा आईसकेपछि वीरगञ्जबाट गएको दमकल पनि आगलागी भएको स्थलमा पुगेको थियो । आगलागीबाट अन्न, लत्ताकपडा गरी १ लाख मुल्य बराबरको क्षति भएको अनुमान गरिएको प्रहरी चौकी महुवनका प्रहरी सहायक निरीक्षक लेखराज कोईरालाले जानकारी दिनुभयो ।