पर्साको वनकटवाबाट दुई थान सालको गोलिया सहित दुई जना पक्राउ
जेठ ७ पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नंबर ४ वनकटवाबाट दुई थान सालको गोलिया सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पटेर्वा सुगौली ४ वनकटवाकै हिम्मत हमाल र देविलाल रिजाल रहेका छन् । गादी वन क्षेत्रबाट गीट्टि बालुवा ल्याउँदै गरेको ना २ त ४२६३ नम्बरको ट्याक्टरमा लुकाई छिपाई सालको गोलिया समेत ल्याएको पाईएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको स्थानीय पत्रकार चिरञ्जीवि यादवले जानकारी दिनुभयो । आवश्यक अनुसन्धानका लागि काठ र ट्याक्टर सहित फाउ परेका हमाल र रिजाललाइ जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको प्रहरी चौकी रंगपुरले जनाएको छ ।