सिर्सिया सुख्खा बन्दरगाह र निर्माणाधिन आइसीपी बीचको ६२ बिगाहा जग्गा सरकारले अधिग्रहण गर्ने



जेठ ८ वीरगञ्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह र निर्माणाधिन एकीकृत सुरक्षा जाँच चौकी आइसीपी बीचको ६२ बिगाहा जग्गा सरकारले अधिग्रहण गर्ने भएको छ । मुलुककै ठूला दुई आयोजनाको बीचमा रहेको खल्वाटोला गाउँ र स्थानीयको खेत समेत सरकारले अधिग्रहण गर्न लागेको हो । २०७३ साल पुस १७ गते भएको निर्णय अनुसार सरकारले अधिग्रहण प्रकृया अघि बढाएको हो । सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख सूर्य सेढाईले पहिलो चरणमा जग्गा प्राप्तीका लागि आवश्यक कारवाही तत्कालै थाल्ने बताउनुभयो । जग्गा नापजाँच, किटान, चार कित्ता यकिन, स्वामित्व लगायतको अवस्था यकिन गरी सार्वजनिक सूचना प्रकाशित गरिने सेढाइले जानकारी दिनुभयो । दोश्रो चरणमा मुआब्जा रकम निर्धारण गरी जग्गा धनीलाई वितरण गरिने उहाले बताउनु भयो । खल्वाटोला गाउँ र स्थानीयको खेत अधिग्रहण पछि करीब डेढ दशक अघि देखि संचालनमा आएको सिर्सिया सुख्खा बन्दरगाह र हाल भारतीय सहयोगमा निर्माणाधिन एकीकृत सुरक्षा जाँच चौकी आइसीपी जोडिनेछन् । करीब २ महिनापछि आइसीपीको निर्माण कार्य सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी भारतको रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन