पर्साको ठोरीमा बाघको आक्रमणबाट एक जना घाइते
जेठ ९ पर्साको ठोरीमा मंगलबार बिहान बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । ठोरीको सुन्दरवस्ती बस्ने ३० वर्षिय अर्जुन मल्ल बाघको आक्रमणबाट घाइते भएका हुन् । ठोरीमा रहेको राइधारामा मंगलबार बिहान पौने ९ बजे चिसो पानी पिउन गएका बेला बाघले मल्ललाइ आक्रमण गरि घाइते बनाएको हो । बाघको अक्रमणबाट मल्लको दाहिने तिघ्रा र पिठयुमा घाउ भएको छ । उनको ठोरीमै रहेको वनशक्ति मेडिकलमा उपचार गरिएको छ । ठोरीमा केहि दिन देखि स्थानीय बाख्रा पालक किसानहरुको खोरमा आक्रमण गरि खसीबाख्रा खाएर मार्दै आएको बाघले आज बिहान मान्छेलाइ नै आक्रमण गरेपछि त्यहाको जनजीवन त्रसीत बनेको छ । मंगलबार बिहान मल्ललाइ आक्रमण गर्ने बाघ लुकेर बसेको ठाँउमा इलाका प्रहरी कार्यालय ठोरी र सशस्त्र प्रहरी बेस क्याम्प ठोरीका सुरक्षकर्मी तथा स्थानीयवासीले खोज्ने काम गरिरहेको हाम्रा सहकर्मी प्रेम लामाले जनाएका छन् ।