वीरगंजको आदर्शनगरमा रहेको अडिट ल फर्ममा राष्ट्रिय अनुसन्धान विभागद्वारा छापामारी
जेठ १४ वीरगंजको आदर्शनगरमा रहेको अडिट ल फर्ममा राष्ट्रिय अनुसन्धान विभाग काठमाडौको टालिले आइतबार छापा मारेको छ । फर्मले नक्कली सादा विल बनाएर बेच्ने गरेको गुनासो आएपछि राष्ट्रिय अनुसन्धान विभागले केही महिना पहिलेदेखी नै छानविन सुरु गरेको थियो । त्यही छानविनको क्रममा काठमाडौबाट वीरगंज आईपुगेको अनुसन्धानको टोलिले आइतबार फर्ममा छापा मारी कार्यालयका कागजपत्र जफत गरी छानविन गरीरहेको हाम्रा सहकर्मी आरके पटेलले जनाएका छन् । फर्मले विभिन्न ब्यतिmको नाममा फर्म खोल्ने तथा भ्याट नम्बर लिई नक्कली सादा विल बनाई नेपालको विभिन्न ठाउँ नेपालगंज , भैरहवा , बुटवल , र हाईड्रो पावर प्राजेक्ट लगायतका प्रतिस्ठानहरुमा बेच्ने गरेको अनुसन्धानबाट खुल्न आएको जनाईएको छ । फर्ममे अहिले सम्म दुई सय करोडको ठगी गरेको अनुसन्धानबाट खुलेको जनाईएको छ । अनुसन्धानको टालिले फर्मका कर्मचारी मध्ये वीरगंजबाट संतोष श्रीवास्तव र राजु बैठा पक्राउ परेका छन् भने काठमाडौँबाट राजेश श्रीवास्तव पक्राउ परेका छन् । अनुसन्धान अहिले जारी नै रहेको हाम्रा सहकर्मी आरके पटेलले जनाएका छन् ।