पर्साको ठोरीमा बाघको आक्रमणबाट दुई जना गम्भिर घाईते
जेठ १४ पर्साको ठोरीमा बाघको आक्रमणबाट दुई जना गम्भिर घाईते भएका छन् । आइतबार विहान ८ बजे खोरबाट बाख्रा निकाल्न जाँदा खोरमै लुकेर रहेको बाघले आक्रमण गर्दा साविक ठोरी वडा नं.७ की धनु चौधरी गम्भिर घाईते हुनुभएको छ । बाघले चौधरीको निधार र दाहिने गालामा टोकेर घाईते बनाएपछि उपचारको लागि चितवन लगिएकोे इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरिक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिनुभयो । यस्तै बाघलाई हेर्न गएको बेला बाघले आक्रमण गर्दा ठोरी ८ का ३१ वर्षिय गुणराज पडींत घाईते हुनुभएको छ । बाघ पञ्जाले हानेपछि पंडीत घाईते हुनुभएको हो । अहिलदे पनि बाघ गाँउमै लुकेर बसेको कारण जनजिवन त्रसित बनेको हाम्रा सहकर्मी प्रेम लामाले जनाएका छन् । बाघलाई नियन्त्रणमा लिनका लागि नेपाली सेना र आरक्ष टोलि खोर सहित खटेपनि बाघ नियन्त्रणमा आउन सकेको छैन । गत हप्ता मात्र बाघले आक्रमण गर्दा ठोरीको राईधारामा एक युवक घाईते भएका थिए । यसैगरि केहि दिन यतादेखि बाघले कृषकको खोरमा रहेको बाख्रा र व्यक्ति माथि आक्रमण गर्न थालेपछि ठोरीबासिहरु त्रसित हुँदै चिन्तित समेत बनेका छन् । ठोरीसंग सिमा जोडीएको सिमावर्ती सहर भारतबाट बाघ आउने गरेको आशंका स्थानीयवासीको छ ।