दशौं गणतन्त्र दिवस मुलुकभर मनाइंदै, वीरगन्ज कारागारमा कैद सजाय भोगिरहेका ३४ कैदीहरु रिहा हुने



जेठ १५ सोमबार मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइंदैछ । जनआन्दोलन २०६२÷०६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ । संविधानसभाको पहिलो बैठकले विक्रम संम्वत २०६५ साल जेठ १५ गते नेपाललाई सघिय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको थियो । राजतन्त्रको अन्त्य गर्दै विक्रम सम्वत २०७२ साल असोज ३ गते संविधान जारी भएसँगै कार्यान्वयन प्रक्रिया पनि शुरु भएको छ । संविधानको कार्यान्वयनका क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ ।यसैबीच राष्ट्रपति विद्यादेवि भण्डारीले स्थानीय तहको निर्वाचनले लोकतन्त्रलाई थप सुदृढ गर्न भूमिका निर्वाह गर्ने विश्वास प्रकट गर्नु भएको छ । गणतन्त्र दिवसका अवसरमा शुभकामना दिदैं उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि सुशासन, द्रुततर आर्थिक सामाजिक विकास हुन्छ भन्ने आम अपेक्षा पुरा गर्नु सबैको दायित्व रहेको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवसका अवसरमा शुभकामना दिदैं दोस्रो चरणको निर्वाचनमा पनि सक्रिय सहभागीता जनाउन आम जनतामा अपिल गर्नुभएको छ । संविधानको स्विकार्यता फराकिलो बनाउँदै कार्यान्वयन सुनिश्चित गर्नु अहिलेको मुख्य आवश्यकता भएको भन्दै प्रधानमन्त्री दाहालले सरकार सबै पक्षसँग सहकार्य, संवाद र सहमतिका लागी प्रयासरत रहेको उल्लेख गर्नुभएको छ ।
यसैबिच दशौं गणतन्त्र दिवसको अवसरमा वीरगन्ज कारागारमा कैद सजाय भोगिरहेका ३४ जना कैदीहरु आज रिहा हुदैछन् । गणतन्त्र दिवसको अवसरमा वीरगन्ज कारागार व्यवस्थापनले ५० जना कैदीको बाँकी कैद माफ गरि रिहा गर्न नेपाल सरकारलाइ सिफारिस गरेकोमा ३४ जना मात्र सोमबार रिहा हुन लागेका हुन् । सोमबार अपरान्ह वीरगन्ज कारागारमा एक कार्यक्रमको आयोजना गरि ३४ जना कैदीलाइ रिहा गर्न लागिएको वीरगन्ज कारागारका प्रमुख चक्रपाणी गौतमले बताउनु भयो । गाणतन्त्र दिवसको अवसरमा सरकारले हरेक वर्ष चेलीबेटी बेचबिखन , जघन्य अपराध , देशद्रोह , हातहतियार तथा खरखजाना , लागु औषध, मुद्रा अपचलन लगायतका १३ वटा मुद्धा बाहेक अन्य मुद्ध्रामा ४० प्रतिशत कैद सजाय भोगिसकेका कैदीहरुलाइ राम्रो आचरण र बानीव्यवहोराको मुल्यांकन गरेर बाँकी कैद सजाय माफ गरि रिहा गर्दै आएको छ ।
यसैबिच १० औं गण्तन्त्र दिवसको अवसरमा प्याब्शनमा आबद्ध विधालयका विधार्थी र शिक्षकहरुले वीरुगन्जको मुख्य सडकमा आज सरसफाइ गरेका छन् । शिक्षक र विधार्थीहरुले नारायणी उपक्षेत्रीइ अस्पताल देखि पावर हाउस चोक सम्मको मुख्य सडकमा सरफाइ गरेका हुन् । सरसफाइ कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष डाक्टर हरिशंकर साह , पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, प्रहरी उपरिक्षक गोविन्द कुमार साह लगायतको पनि उपस्थिती रहेको थियो ।
यसैबिच दशौं गणतन्त्र दिवसको अवसरमा वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १४ पिपरामा सोमबार नेपाली काँग्रेसले बृद्धबृद्धाहरुलाइ सम्मानीत गरेको छ । काँग्रेस बुथ कमिटीले आयोजना गरेको कार्यक्रममा ८३ जना बृद्धबृद्धाहरुलाइ दोशल्ला ओढाएर सम्मानीत गरिएको हो । बुथ कमिटी सभापति सन्जय साहको अध्यक्षता एंव काँग्रेस जिल्ला सभापति अजय द्धिवेदीको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा , क्षेत्रीय सभापति अरविन्द गुप्ता , विजय सर्राफ ,काँग्रेस नेताहरु प्रकाश उपाध्याय ,रामनारायण कुर्मी ,बैकुण्ठ श्रीवास्तव , किरण सरकार ,आदित्य प्रकाश प्रधान , नेपाल तरुण दल पर्साका अध्यक्ष वीरेन्द्र पटेल लगायतको उपस्थिती रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन