पर्साको ठोरीमा आतँक मच्चाउँदै आएको चितुवा नियन्त्रणमा



जेठ १५ पर्साको ठोरीमा एक साता देखि मान्छेलाइ आक्रमण र चौपायालाइ मारेर आतँक मच्चाउँदै आएको चितुवालाई सोमबार विहान नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराबाट आएको प्राविधीक टोलीले सोमबार विहान ८ बजे धनु चौधरीको बाख्राको खोरबाट चितुवालाई नियन्त्रणमा लिएको हो । कसराका भेटनरी प्राविधीक किरणराज रिजाल नेतृत्वको टोलीले लठ्याउने सुई डाट हानेर चितुवालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिनु भयो । नियन्त्रणमा लिइएको चितुवाले आइतबारे मात्रै धनु चौधरी र गुणराज पण्डितलाई आक्रमण गरी घाइते बनाएको थियो । चौधरीलाई बाख्राको खोर खोल्न जाँदा चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । चौधरीको अहिले चितवनको भरतपुरमा उपचार भैरहेको छ भने पण्डितको अवस्था सामान्य रहेको छ । गत मंगलबार पनि चितुवाको आक्रमणबाट सुन्दरवस्तीका अर्जुन मल्ल घाइते भएका थिए । नियन्त्रणमा लिइएको चितुवालाई खोरमा राखेर कसरा लगिएको छ । नियन्त्रणमा लिइएको चितुवा घाइते अवस्थामा भेटिएको प्राविधीक रिजालले जानकारी दिनु भयो । चितुवाको कन्चट र शरीरका विभिन्न भागमा चोट देखिएको रिजालको भनाई छ । घाइते अवस्थामा रहेकाले चितुवाले गाउँमा पसेर आतँक मच्चाएको उहाको भनाई छ । मानिसलाई आक्रमण गरी आतँक मच्चाउने चितुवालाई नियन्त्रणमा लिएपछि ठोरीको जनजीवन सोमबार बिहान देखि सामान्य बन्दै गएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन