भारतको रक्सौलमा एक नेपाली चरेश सहित पक्राउ
जेठ १५ भारतको रक्सौलमा आइतबार राति एक नेपाली चरेश सहित पक्राउ परेका छन् । भारतीय सीमा सुरक्षा बल एसएसबीले रक्सौलको कौडीहार चोकबाट पर्साको छिपहरमाइ गाँउपालिकाको भिस्वा घर भएका रोशन कुर्मीलाइ ६ केजी चरेश सहित पक्राउ गरेको हो । चरेश सहित पक्राउ परेका कुर्मीलाइ एसएसबीले आवश्यक कार्वाहीका लागि रक्सौलमा रहेको भारतीय प्रहरी थानामा बुझाएको हाम्रा सहकर्मी आरके पटेलले जनाएका छन् ।