राष्ट्रिय जनता पार्टीद्धारा जिल्ला निर्वाचन कार्यालय पर्सा घेराउ
जेठ १६ पुर्वघोषति आन्दोलनका कार्यक्रम अनुसार राष्ट्रिय जनता पार्टी पर्साले वीरगन्जमा रहेको जिल्ला निर्वाचन कार्यालय मंगलबार घेराउ गरेको छ । राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताहरुले वीरगन्जको राधेमाइ टोलमा रहेको जिल्ला निर्वाचन कार्यालय पर्सा घेराउदै नाराबाजी पनि गरेका छन् । उनिहरुले बिहान १० देखि मध्यान्ह १२ बजे सम्म दुइ घण्टा निर्वाचन कार्यलय घेराउ गर्दै सरकार र तीन दलका विरुद्धमा नाराबाजी पनि गरेको हाम्रा सहकर्मी आरके पटेलले जनाएका छन् । राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताले निर्वाचन कार्यालयमा तालाबन्दी गर्न खोज्दा प्रहरीले रोकेको पर्साका प्रहरी नायब उपरिक्षक चक्र राज जोशीले जानकारी दिनुभयो ।कार्यक्रममा राष्ट्रिय जनता पार्टीका नेताहरु शीव पटेल , निजामुदिन समानी , राजेशमान सिंह , पुरुषोत्तम झा , लक्ष्मीकान्त तिवारी , प्रेमबाबु पटेल, मुस्तकीम अन्सारी, ओम प्रकाश सर्राफ , इश्वर यादव , रेखा साह , अनिता रौनीयार , मुन्नी श्रीवास्तव लगायतको सहभागीता रहेको थियो ।