हालै फोरम नेपालमा प्रवेश गरेका गिरी र चौहानलाइ केन्द्रिय सदस्यमा मनोनयन गर्न सिफारिस



?????????????????????????????????????????????????????????

जेठ १६ संघीय समाजवादी फोरम नेपाल पर्साको जिल्ला कार्य समितिको बैठक मंगलबार वीरगन्जमा सम्पन्न भएको छ । बैठकले हालै एमाले परित्याग गरि फोरम नेपालमा प्रवेश गरेका प्रहलाद गिरी र प्रधुमन चौहानलाइ पार्टीको केन्द्रिय सदस्यमा मनोनयन गर्न केन्द्रिय कार्य समितिलाइ सिफारिस गरेको छ । यस्तै बैठकले सुजीत गिरी र एजाज हुसेन राँकीलाइ समाजवादी विधार्थी फोरम नेपालको केन्द्रिय सदस्यामा सिफरिस गर्ने निर्णय पनि गरेको छ । बैठकले फोरम नेपालको जिल्ला कार्य समिति सदस्यमा सत्या सिनेमा हलका सन्चालक प्रमोद साह कानु र जितेन्द्र यादवलाइ मनोनयन पनि गरेको छ । यादवलाइ क्षेत्र नम्बर ३ को इन्चार्जको जिम्मेवारी पनि दिइएको छ । यसैगरि बैठकले आगामी निर्वाचनका लागि उम्मेदवार छनौट गर्न पाँच वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अध्यक्षहरुको संयोजकत्वमा पाच पाच सदस्यिय उम्मेदवार छनौट समिति गठन गर्ने निर्णय पनि गरेको छ । आगामी चुनावमा नयाँ शक्ति पार्टीसंग समन्वय गर्न केन्द्रिय सदस्य वीरेन्द्र यादवको संयोजकत्वमा नौ सदस्यिय समिति पनि गठन गरिएको फोरम नेपाल पर्साले जनाएको छ ।फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला इन्चार्ज एंव केन्द्रिय सदस्य वीरेन्द्र यादव , जिल्ला उपाध्यक्ष मन्जुर अन्सारी , सचिव नागेन्द्र यादव , सहसचिव बालेश्वर गौरो , प्रवक्ता रामनरेश प्रसाद यादव लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन