नारायणी एफ एमले समाचार प्रशारण गरेपछि प्रहरीद्धारा रक्सी भट्टी नष्ट गर्ने अभियान सन्चालन
स्थानिय निर्वाचनको चहल पहल बढे संगै पर्साको ग्रामीण भेगमा अबैध घरेलु मदिरा भट्टिहरु फस्टाएको समाचार नारायणी एफ एमले बिहीबार प्रशारण गरेपछि पर्सा प्रहरीले ग्रामीण भेगमा रहेका घरेलु मदिरा भटटीहरु नष्ट गर्ने अभियान शुरु गरेको छ । प्रहरीले पर्साको छिपहरमाई गाउँपालिका वडा नंबर ४ तुल्सीवर्वा बञ्जारी टोल तथा पटेर्वासुगौली गाँउपालिकाको निचुटा र सोनवर्षामा अवैध रुपमा सन्चालित आठ वटा मदिरा भट्टी नष्ट गरेको हो ।प्रहरी चौकी बञ्जारीबाट खटिएको प्रहरी टोलीले तुल्सीवर्वाको बञ्जारी टोलमा रहेका चार वटा र इलाका प्रहरी कार्यालय पेटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले निचुटामा रहेको तीन वटा र सोनवर्षामा रहेको एउटा मदिरा भट्टी नष्ट गरेको जिल्ल प्रहरी कार्यालय पर्साले जनाएको छ । निर्वाचनको समयमा मदिरा र मासुको खपत बढि हुने हुँदा ग्रामिण क्षेत्रमा अबैध मदिरा भट्टिहरु धमाधम खुल्न थालेको समाचार नारायणी एफएमले बिहीबार प्रशारण गरेको थियो । चुनावको पहलपहल बढेसंगै ग्रामीण भेगमा घरेलु मदिरा भटट्टीहरुको संख्या बढेको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय पर्साले घरेलु मदिरा भट्टी नष्ट गर्ने अभियान नै सन्चालन गरेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताउनु भयो ।