वीरगञ्जको मानव सेवा आश्रमका लागि कोशिश फाउन्डेसनद्धारा ह्विलचियर सहयोग



जेठ १९ वीरगञ्जमा सञ्चालित मानव सेवा आश्रमको शाखाका लागि कोशिश फाउन्डेसनले दुई थान ह्विलचियर हस्तान्तरण गरेको छ । शाखामा आश्रित हिडडुल गर्न नसक्ने व्यक्तिहरुको लागि अत्यावश्यक पर्ने ह्विल चियर हस्तान्तरण गरिएको हो । ह्विल चियर हस्तान्तरणका लागि आश्रम पुग्नुभएका फाउण्डेसनका संयोजक मदन गुप्ताले आश्रमका लागि थप पाँच वटा पंखा प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले आश्रमका लागि जस्तोसुकै चिकित्सकीय सेवा प्रदान गर्न आफ्नो फाउण्डेसन तयार रहेको पनि बताउनुभयो । कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता प्रकाश थारुले कोशिश फाउण्डेशनले लामो समयदेखि नै सामाजिक कार्य गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो । आश्रमका संरक्षक डाक्टर दिपक शाक्यले वीरगञ्जमा दाताको कमी नरहेको बताउनुभयो । उहाँले आफ्नो घर आफैं बनाउनुपर्ने भन्दै अरुको मुख ताकेर नबस्न सबैसँग आग्रह गर्नुभयो । मानव सेवा आश्रम हेटौंडाको आठौं शाखाको रुपमा गत जेठ १५ गतेबाट वीरगञ्जमा सेवा शुरु गरिएको छ । आश्रम शाखा संयोजक अंशु कार्कीले ३० बर्षिय शंकर , मानव आश्रममा आश्रित रहेको बताउनुभयो । एक महिना पहिले नै उद्दार गरी उहाँलाई नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार पछि जेठ १५ गतेदेखि आश्रममा राखिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन