पर्साको ठोरीमा प्रहरीद्धारा घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट
जेठ २३ पर्साको ठोरीमा मंगलबार प्रहरीले घरेलु मदिरा बनाउने कच्चा पदार्थ बरामद गरेर नष्ट गरेको छ ।इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरु नेतृत्वमा खटिएको प्रहरीको टोलीले सुबर्णपुर गाउपालिका ३ ठोरी ब्रम्हनगरका बिभिन्न स्थानबाट करीब १ सय ५ लिटर मदिरा बनाउने कच्चा पदार्थ बरामद गरेको हो ।अत्याधिक मदिरा सेवनबाट समाजमा बिभिन्न वाञ्छनीय गतिबिधी बढ्न सक्ने भएकाले त्यस्ता कार्य निरुत्साहित पार्नका लागि घरेलु मदिरा तथा कच्चा पदार्थ नष्ट पार्ने अभियान जारी राखेको प्रहरी निरीक्षक गुरुले जानकारी दिनु भयो । सुबर्णपुर गाउपालिका ३ ठोरीको ब्रम्हनगर क्षेत्रबाट घरेलु मदिरा बनाउने कच्चा पदार्थ बरामद गरी नष्ट पारिएको प्रहरी निरिक्षक गुरुले बताउनु भयो ।