पर्सामा एमालेमा पहिरो जाने क्रम जारी, सुरेश पसवानले एमाले छाडे फोरममा प्रबेश गर्ने
जेठ २४ नेकपा एमाले निकट भातृसंगठन नेपाल उत्पिडीत जातीय मुक्ति समाजका पर्सा अध्यक्ष तथा प्रदेश न. २ का सदस्य सुरेश पसवानले बुधबार एमाले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । बुधबार देखि पार्टीले दिएको सबै पद परित्याग गरि संघिय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने पासवानले जनाएका छन् । केहि दिनदेखि पर्सा जिल्लामा एमाले पार्टी छोडने क्रम बढदै गईरहेको छ । एमाले पार्टीले मधेश र मधेशी जनताहरुको हक अधिकार विपरित कार्य गर्दै आएकोले पार्टी प्ररित्याग गरेको बताउनुभयो ।