हाईड्रो सेफालस रोगबाट ग्रसित ५ बर्षिया बालिकाको उपचारका लागि आर्थिक सहयोग गरिदिनुहुन परिवारजनको आग्रह
जेठ २६ हाईड्रो सेफालस भन्ने रोगबाट ग्रसित चितवनको खैरहनी नगरपालिका वडा ४ कि ५ बर्षिया बालिका आशा अधिकारीको उपचारका लागि आर्थिक सहयोग गरिदिनुहुन परिवारजनले आग्रह गरेका छन् । छोरीको उपचारका लागि खर्च जुटाउन भौतारिँदै वीरगञ्ज आउनुभएका बालिकाका बुवा राम अधिकारीले आर्थिक सहयोग गर्न आग्रह गर्नुभएको हो । वीरगञ्ज आर्थिक नगरी भएकोले यहाँ थप सहयोग जुट्ने आशाले आएको बताउँदै अधिकारीले दुई तीन दिन वीरगञ्जमै बस्ने सोच आफूले बनाएको बताउनुभयो । बालिकाको टाउको पाँच किलो भन्दा बढीको रहेको छ । शल्यक्रियाका लागि दिल्लीमा पाँच लाख भारतीय रुपैयाँ लाग्ने र काठमाण्डुमा २५ लाख मागेको उहाँको भनाई छ । सुकुम्बासी भएकोले अधिकारी परिवारले अर्काको जमिन भाडामा लिएर खेति किसानी गरेर जिविकोपार्जन गदैै आएका छन् । सहयोग गर्न चाहानुहुने महानुभावले नेपाल एसबीआई बैंकको कुलेश्वर शाखामा बालिकाको आमा सीता अधिकारीको नाममा रहेको खाता नं २१५१५२४१४०२३६१ ल्एच् मा वा मोबाईल नं ९८०६८०३६३१ मा सम्पर्क गर्न हुन अनुरोध गरिएको छ ।