संविधान संशोधन बनिा मधेसमा चुनाव हुनै नदिने राजपाका केन्द्रिय उपाध्यक्ष कुर्मीको भनाई
जेठ २६ राष्ट्रीय जनता पार्टी नेपालका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र कुर्मीले संविधान संशोधन बनिा मधेसमा चुनाव हुनै नदिने बताउनु भएको छ । आन्दोलन परिचालन कमिटी गठनका लागि वीरगन्जका विभिन्न वडामा शुक्रबार आयोजित राष्ट्रिय जनता पार्टीको भेलालाइ सम्बोधन गर्दै उपाध्यक्ष कुर्मीले मधेसको हक अधिकारका लागि सयौं मधेसी वीर सपुतहरुले बगाएको रगतको अपमान गरि राष्ट्रिय जनता पार्टीले संविधान संशोधन बिना आसन्न चुनावमा भाग नलिने बताउनु भयो । राष्ट्रिय जनता पार्टी अहिले चुनावका लागि नभइ आन्दोलनको तयारीमा जुटेको भन्दै उपाध्यक्ष कुर्मीले आन्दोलनका लागि तयार रहन मधेसी जनतालाइ आग्रह पनि गर्नु भयो । भेलाले वीरगन्ज महानगरपालिका वडा नम्बर ६ मा कृष्ण गुप्ताको संयोजकत्वमा ३५ सदस्यीय र वडा नम्बर २४ मा अम्बिका राउत कुर्मीको संयोजकत्वमा ७१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरेको नगर अध्यक्ष ओम प्रकाश सर्राफले जानकारी दिनु भयो ।