मधेशमा निर्वाचन सम्भव नभएको भन्दै निर्वाचनको कार्यक्रम बहिस्कार गर्न कार्यकर्तालाई राजपा नेता धाम्मुु शर्माको आग्रह
राम मण्डल जेठ २७ बीरगंज
राष्ट्रिय जनता पार्टीले पर्साको पकहा मैनपुर गाउपालिकामा आज जनता जागरण अभियान सम्पन गरेको छ । राष्ट्रिय जनता पार्टीका युवा नेता धामु शर्माको नेतृत्वमा शुक्रबार गाउपालिका अन्तरगत सुर्जाहा,मधुबनि र मानीपुर टोलमा जागरण अभियान सम्पन्न गरेको हो । राष्ट्रिय जनता पार्टीका नेता धामु शर्माले संविधान संसोधन बिना मधेशमा असार १४ गतेको निर्वाचन सम्भव नभएको भन्दै निर्वाचनको कार्यक्रम बहिस्कार गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । मधेशी जनताको लागि चुनाव भन्दा अधिकार आवश्यक रहेको बताउदै उहाले संविधान संसोसन पछि मात्र चुनावमा भाग लिन कार्यकताहरुलाई आग्रह गर्नुभयो । जनता जागरण अभियानमा राजपाका स्थानिय नेता गोविन्द यादव ,राजेश सहनी,माधव शर्मा ,दिलिप यादव ,पुर्व गाविस अध्यक्ष तथा राजपाका नेता विश्वनाथ ठाकुर ,दिलिप यादव मह्मद अब्दुल हवारी लगायतका नेताहरुको सहभागिता रहेको नेता गोविन्द यादवले जानकारी दिनुभयो ।