बाराको नौतन गण्डकमा क्तदान कार्यक्रम सम्पन्न, ३० जनाले गरे रक्तदान
जेठ २९ बाराको नौतन गण्डकमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गण्डक युथ क्लब र नौतन युवा समाजले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा उमेश गुप्ता , रामबाबु गुप्ता , देवेन्द्र साह , दिनेश महरा , अवधेश महत्तो , श्रीकृष्ण महत्तो , सुनिल गुप्ता , अरुण साह , हरि प्रसाद , सन्जय पासवान , मुन्ना ठाकुर , अमित खत्री , भवानी शर्मा , श्यामबाबु ठाकुर , सुनिल सिंह लगायतका रहेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधीक जितेन्द्र कुशवाहाले जानकारी दिनु भयो । गण्डक युथ क्लबका उमेश गुप्ताको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेपाल ब्लड डोनर्स एशोसियसन पर्साका सचिव अरविन्द सिंह , रक्त सन्चार केन्द्र वीरुगन्जका प्रमुख प्रवीण मानन्धर ,प्राविधीकहरु जितेन्द्र कुशवाहा , निरन्जन गुप्ता , नन्द किशोर साह र सत्येन्द्र साहले प्राविधीक सहयोग गर्नु भएको थियो ।