चार दिने बन्दको दोश्रो दिन पनि राजपाका कार्यकर्ताहरु बिहानै देखि प्रदर्शनमा फोटो फिचरसहित



जेठ ३१ संविधान संशोधन बिना सरकारले जबरजस्ति स्थानीय तहको निर्वाचन गर्न लागेको भन्दै त्यसको विरोधमा आन्दोलन थालेको राष्ट्रिय जनता पार्टीले मधेस ,थरुहट र लिम्बुवान क्षेत्रमा आह्वान गरेको चार दिने बन्दको दोश्रो दिन बुधबार पनि राजपाका कार्यकर्ताहरु बिहानै देखि प्रदर्शनमा उत्रिएका छन् । वीरगन्जको घण्टाघर, पावरहाउस चोक, गण्डक चोक , बाइपासको नगवा , बाराको कलैया , परवानीपुर , जितपुर , फेटा, प्रसौनी लगायतका स्थानमा बुधबार पनि बिहानै देखि राजपाका कार्यकर्ताहरुले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।संविधान संशोधन , स्थनीय तहको संख्या थप , मुद्धा फिर्ता लगायत आफुसंग भएका सहमति कार्यान्वयन नगरि सरकारले जबरजस्ति चुनाव गर्न खोजेको भन्दै राष्टिय जनता पार्टीले मंगलबार देखि असार २ गते सम्मका लागि मधेस , थरुहट र लिम्बुवान क्षेत्रमा बन्दको आह्वान गरेको हो । आन्दोलनकारीहरुको प्रदर्शनका कारण वीरगन्जको मेनरोडमा रहेका पसलहरु आज दोश्रो दिन पनि बन्द रहेका छन् । यस्तै वीरगन्जका सामुदायिक तथा निजी विद्यालय र कलेजहरु आज पनि खुलेका छैनन् । वीरगन्जमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले लामो दुरुकिा भाडाका सवारी साधन चल्न दिएका छैनन् । तर मोटरसाइकल , इरिक्सा , रिक्सा र टयाम्पुहरु भने निर्वाध रुपमा चलेका छन् ।यसैबिच बन्दहडतालका बेला भाडा असुलेर यात्रु ओसारको भन्दै बुधबार बिहान वीरगन्जमा आन्दोलनकारीहरुले एक जना मोटरसाइकल चालकलाइ निर्घात रुपले कुटपिट गरेका छन् । प्रति व्याक्ति पाँच सय रुपैया भाडा लिएर वीरगन्जबाट सिमरामा मोटरसाइकलमा यात्रु ओसारेको भन्दै आन्दोलनकारीहरुले घण्टाघर चोकमा ती मोटरसाइकल चालकलाइ निर्घात रुपमा कुटपिट गरेका छन् । त्यस क्रममा आन्दोलनकारीहरुले यात्रु ओसार्नमा प्रयोग गरिएको हिरोहोण्डा मोटरसाइकलमा आगो लगाउने प्रयास गर्दा राजपाका नेताहरुले रोकेपछि ती व्याक्ति मोटरसाइकल लिएर भागेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन