राजपा शिर्ष नेतालाइ सरकारले पक्राउ गर्ने निर्देशन दिएको महामन्त्रि श्रीवास्तवको आरोप
असार ४ राष्ट्रिय जनता पार्टिका प्रबक्ता एवं महामन्त्रि विमल श्रीवास्तवले राजपाका शिर्ष नेताहरुलाइ सरकारले पक्राउ गर्ने निर्देशन दिएको बताएका छन् । वीरगंजमा आइतबार पत्रकार सम्मेलन गरि सत्ताधारि गठबन्धन दल र निर्वाचन आयोगको सहमतिमा आफ्नो पार्टिका नेताहरुलाई पक्राउ गरि आन्दोलनलाई दमन गर्ने षड्यन्त्र रचेको खबर पाएको बताउनुभयो । श्रीवास्तवकै निवासमा आयोजीत पत्रकार सम्मेलन तथा पार्टि प्रवेस कार्यक्रममा बोल्दै उहाँले गए राति पुर्व मेचि देखि पश्चिम महाकालि सम्मको मधेसका जिललाहरुबाट १४० जना राजपाका नेता कार्यकर्तालाई पक्राउ गरेको जानकारी दिनुभयो