वीरगन्जमा एक दर्जन भन्दा बढी नीजी क्लिनीक र ल्याबहरु अनुमति बिना सन्चालनमा



Doctor/nurse checking blood pressure with sphygmomanometer gauge in focus.

असार ८ वीरगन्जमा झण्डै एक दर्जन भन्दा बढी स्वास्थ्य संस्था र ल्याबहरु सरकारको अनुमति बिना नै सन्चालनमा रहेका छन् । वीरगन्जको छपकैयाँमा रहेको यादव अल्ट्रा साउण्ड एण्ड क्लिनिक, किशोर जाँच घर, स्रिम डाइग्नोस्टिक सेन्टर , नारायणी डाइग्नोस्टिक सेन्टर , न्यु नेपाल प्याथोलोजी एण्ड क्लिनिक, अंजलि डाइग्नोस्टिक सेन्टर, विश्व डाइग्नोस्टिक सेन्टर , गहवा माई डाइग्नोस्टिक सेन्टर ,शिवम डाइग्नोस्टिक सेन्टर लगायतका निजि क्लिनीक र ल्याबहरु अनुमति बिना नै संचालनमा रहेका छन् । अनुमति बिना नै सन्चालनमा रहेका ल्याब , डाइग्नोस्टिक सेन्टर र अल्ट्रा साउण्ड सेन्टरले तयार पारेको रिपोर्ट समेत गलत आउने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । वीरगन्जका बरिष्ठ फिजिसियन डाक्टर निरज सिंहले त्यस्ता डाइग्नोस्टिक सेन्टरहरुबाट चेकजाँचको रिपोर्ट गलत आउँदा बिरामीको स्वास्थ्यमा जोखिम बढ्ने गरेको र रोग निको हुनुको सट्टा झन बढेर जाने गरेको बताउनुभयो । निजी क्लिनीक र ल्याब सन्चालनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयबाट अनिवार्य रुपमा सन्चालनको अनुमति लिएर मात्रै संस्था सन्चालन गर्न पाउने नियम छ । तर वीरगन्जमा दर्जनौ क्लिनीक र ल्याबहरु अनुमति बिना सन्चालनमा रहेको भएपनि जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले भने यस बारेमा कुनै चासो देखाएको छैन । अनुगमनमा गएका बेला सम्बन्धित ल्याब र क्लिनीकका सन्चालकले आवश्ष्क कागज पत्र तयार पारेर इजाजत लिनका लागि कार्यालयमा आउने बताएपनि अझै सम्म ती संस्थाका संचालकहरु अनुमति लिन नआएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका सुचना अधिकृत अमलेश्वर मिश्रले भने कार्यालयमा कामको चाँप बढि भएको र कर्मचारी अभावका कारण आफुहरुले नियमित अनुगमन र कारवाही गर्न नसकेको स्विकार गर्नु भयो । अनुमति नै नलिइ संस्था सन्चालन भएको जानकारी भएपनि कार्यालयले कुनै कारवाहि गर्न नसकेको स्विकार गर्दै मिश्रले अब कारवाहिको दायरामा ल्याउन पहल गर्ने बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन