वीरगञ्ज कारागारका कैदी बन्दीहरुलाई योग सिकाईयो
असार ९ वीरगञ्ज कारागारका कैदी बन्दीहरुलाई योग सिकाईएको छ । अन्र्तराष्ट्रिय योग दिवसको अवसरमा जीवन विज्ञान प्रतिष्ठान काठमाण्डुले वीरगन्ज कारागारका कैदीबन्दीहरुलाई योग सिकाएको हो । हिजो बिहीबार र आज शुक्रबार दुई दिन कारागारका कैदीबन्दीहरुलाई योग सिकाईएको योग प्रशिक्षक डाक्टर शैलेश उपाध्यायले जानकारी दिनुभयो । बिहीबार एक हजार दुइ सय ५२ जना पुरुष कैदीबन्दी र आज एक सय तीन जना महिला कैदीबन्दीलाई योग प्रशिक्षण दिईएको हो । महिला कैदीबन्दीलाई सुनिता गौतम पौडेलले प्रशिक्षण दिनुभएको हो ।