पर्साको पिपरडारीमा संघिय सामाजबादी फोरम नेपालको पार्टी प्रवेश कार्यक्रम सम्पन
असार ९ पर्साको जगरनाथपुर गाउपालिकाको पिपरडारीमा शुक्रबार संघिय सामाजबादी फोरम नेपालको पार्टी प्रवेश कार्यक्रम सम्पन भएको छ । स्थानिय गोरा महत्तो थारुको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले परित्याग करिब २ सय जना फोरम नेपालमा प्रवेश गरको फोरम नेपालका केन्द्रिय सदस्य प्रहलाद गिरीले जानकारी दिनुभयो । पार्टी परित्याग गरि फोरम नेपालमा प्रवेश गर्नेहरुमा एमालेका गाउ कमिटी अध्यक्ष गोरा महतो थारु ,सचिव शम्भु राम, सदस्यहरु प्रशुराम महतो,विजुली राम लगायतका रहेका छन् । नवप्रबेशीहरुलाई फोरम नेपालका केन्द्रिय सदस्य विरेन्द्र यादव,मोहनलाल चौधरी र प्रहलाद गिरी तथा प्रधुमन चौहानले टिका माला लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो ।