निर्वाचनको विरोधमा राजपा नेपालद्वारा वीरगंजमा मोटरसाइकल ¥यालि प्रदर्शन



असार ११ निर्वाचनको विरोधमा राष्ट्रिय जनता पार्टी नेपालले आइतबार वीरगंजमा मोटरसाइकल ¥यालि प्रदर्शन गरेको छ । वीरगंजको घण्टाघरबाट निस्केको ¥यालिले माइस्थान, आदर्शनगर, घडिअर्वा हुँदै नगरको विभिन्न भागको परिक्रमा गरि पुनः माइस्थानमा नै आएर कोणसभामा परिणत भएको थियो । कोण सभालाई पार्टीका महासचिव शिव पटेल, केन्द्रिय सदस्य नेजामुदिन समानि लगायतले सम्बोधन गर्दै आफुहरुको माग पुरा नभए सम्म कुनै पनि निर्वाचनमा सहभागि नहुने बताए । ¥यालिमा पार्टीका जिल्ला अध्यक्ष प्रेमबाबु पटेल, कृष्ण पटेल, नगर अध्यक्ष ओमप्रकाश सर्राफ लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो । यस अघिका प्रदर्शनहरुमा उल्लेख्य मात्रामा सहभागिता जनाउने कार्यकर्ताहरु आजको ¥यालिमा भने निकै कम उपस्थित भएका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन