राजपाको बन्दका कारण वीरगंज लगायत यस क्षेत्रको जनजीवन प्रभावित



असार १४ राष्ट्रिय जनता पार्टीले आव्हान गरेको बन्दका कारण बुधबबार विहानै बाट वीरगंज लगायत यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । आन्दोलनकारिले विहानै बाट वीरगंजको विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका कारण बजार पसल बन्द रहेको छ भने वीरगन्जबाट छुट्ने लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका सवारी साधनहरु पनि ठप्प भएका छन् । प्रदर्शनकारिहरुले घण्टाघर, माइस्थान, मुर्लि, बसपार्क, नगवा, गण्डक लगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेका हुन् । बन्दका कारण विद्यालयहरु नखुल्दा विद्यार्थीको पठन पाठन पनि अवरुद्ध हुन पुगेको छ । यस्तै बाराको कलैया , परवानीपुर, नितनपुर , जितपुर लगायतका स्थानमा पनि बुधबबार राजपाको बन्दको प्रभाव परेको छ । बाराका विभिन्न स्थानमा राजपाका कार्यकर्ताहरु बिहानै देखि प्रदर्शनमा उत्रिएका कारण बजार , यातायात , शिक्षणसंस्था , कलकारखानाहरु बन्द रहेको राजपाका विधार्थी नेता सन्तोष यादवले बताउनु भयो । संविधान संसोधन, जनसंख्याको आधारमा स्थानिय निकायको संख्या थप गर्नु पर्ने लगायतका माग सम्बोधन नगरि सरकारले तीन वटा प्रदेशमा जबरजस्ति चुनाव गरेको भन्दै राजपाले आज मधेस र थरुहट क्षेत्रमा बन्दको आह्वान गरेको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन