पोषण सम्बन्धि रकम लक्षित बर्गमा खर्च नगरि सभा सम्मेलन र गोष्ठिमै सकिदै



बिन्दुभषण साह,
असार १४ बीरगंज पर्सा
जिल्ला समन्वय समितिको कार्यालय पर्साले बहुक्षेत्रीय पोषण योजना अन्तर्गत बुधबार आयोजना गरेको पत्रकारहरुको लागि १ दिने जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रममा सहभागी पत्रकारहरुले नै कार्यक्रमको औचित्य माथी प्रश्न उठाएका छन् । जिल्ला कृषि विकास कार्यालय पर्साको सभाकक्षमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जराले गरिव र लक्षित बर्गको लागि पोषण सम्बन्धि आएको लाखौँको रकम सम्बन्धित बर्गमा खर्च नगरी सभा सम्मेलन र गोष्ठि गर्न मै केन्द्रित भएको भन्दै विरोध गर्नु भयो । आर्थीक बर्ष समाप्त हुनै लाग्दा हतार हतारमा पत्रकारहरुलाई बोलाएर कामै नगरी पुरानो तथ्यांक देखाएर भ्रममा पार्न खोजेको भन्दै अध्यक्ष बन्जराले प्रचार नभइ काम गरेर देखाउन आग्रह गर्नुभयो । कार्यक्रममा अध्यक्ष बन्जराले लक्षित बर्गको लागि आएको पोषणको रकमबाट कर्मचारीहरु मात्रै पोषित बन्ने काम भइरहेको बताउनुभयो । आर्थीक बर्ष २०७३÷०७४ मा बहुक्षेत्रीय पोषण योजना अन्तर्गत निकासा भएको १ करोड ४ लाख २७ हजार रकम लक्षित बर्ग सम्म नपुगि अषाढ मसान्त सकिन लाग्दा विभिन्न सरोकारवाला निकायहरुलाई रिझाउन वीरगंजको सभाहल र विभिन्न होटेलहरुमा कार्यक्रम गरेर बजेट सकाउने खेल भइरहेको अध्यक्ष बन्जराले आरोप लगाउनु भयो । कार्यक्रममा उपस्थित रहेका जिल्ला कृषि विकास कार्यालय पर्सा, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पर्सा, जिल्ला जनस्वास्थ्य कार्यालय पर्सा र शिक्षा कार्यालयका कार्यालय पर्साका प्रमुख माथी आक्रोश पोख्दै अध्यक्ष बन्जराले ती कार्यालयहरुले पनि व्यापक आर्थीक हिनामिना गरेको आरोप लगाउनु भयो । उहाँले अषाढ मसान्त सम्म लक्षीत शिर्षकमा रकम खर्च नगरे गत बर्ष भन्दा यस वर्ष बढी रकम फ्रिज हुने अवस्था रहेको भन्दै त्यसका लागि सन्चारकर्मिहरुले सुचना संकलन गरि आम जनतालाई सुसुचित गराउन आग्रह गर्नुभयो । कार्यक्रममा आयोजकले सन २०११ को तथ्यांक देखाउँदै अहिलेको अवस्थाको बारेमा चर्चा गरेको भन्दै सन्चारकर्मिले विरोध समेत जनाएका थिए । बहुक्षेत्रीय पोषण कार्यक्रम जिल्लाका विभिन्न ४ वटा गाविसमा सन्चालनमा रहेको भनिए पनि अषाढ मसान्त सकिन लाग्दा आएको रकम खर्च नभइ फ्रिज हुने अवस्थामा रहेको कार्यक्रम संयोजक ज्ञानेन्द्र दवाडीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख विरेन्द्र सिन्हा, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सुचना अधिकारी रामहित यादव लगायत पर्साका सन्चारकर्मिहरुको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन