बक्यौता बुझाउदा पनि पर्सा सुर्जाहाका उपभोक्ताहरु अन्धकारमा बस्न बाध्य



असार २२ विद्युत प्राधिकरणको बाँकी बक्यौता बुझाईसकेपछि पनि पर्साको पकाहामैनपुर गाउँपालिका वडा नंबर २ सुर्जाहा मधुवनी टोलका उपभोक्ताहरु अन्धकारमा बस्न बाध्य भएका छन् । न्यु मुनलाईट विद्युत उपभोक्ता समिति अन्र्तगत रहेका उपभोक्ताहरु लामो समयदेखि अन्धकारमा बस्न बाध्य छन् । विद्युत नहुँदा विद्युतबाट हुने सबैखाले कामकाज ठप्प भएकोले सर्वसाधरणले सास्ती भोगी रहेका छन् । दिनहुँ प्रयोग हुने मोबाईल चार्ज गर्न पनि अन्यत्र जानुपर्ने बाध्यता भएको गुनासो उनीहरुको छ । त्यसबाहेक कुनैपनि विद्युतिय उपकरणहरु सञ्चालन गर्न नपाएका कारण जनजीवन कष्टकर बनिरहेको छ । स्थानीय कुटानी, पिसानी मिलहरु पनि बन्द छन् । गर्मीको मौसममा बिद्युत नहुँदा साह्र्रै समस्या हुने गरेको गुनासो स्थानीयको छ । उपभोक्ता समितिका पदाधिकारीले उपभोक्ताबाट रकम उठाएर पनि प्राधिकरणमा नबुझाउँदा शुरुमा स्थानीय अन्धकारमा बस्न बाध्य भएका थिए । तर उपभोक्ता समितिले बाँकी बक्यौता ७ लाख रुपैंया बुझाईसकेको छ । स्थानीयका अनुसार २० दिनअघि नै प्राधिकरणले पनि झिकेर लगेको ट्रान्सफरमर फिर्ता लगेर जोडिसकेको छ तर लाईन दिएको छैन् । जसका कारण उपभोक्ताहरु झनै मारमा परेको हाम्रा सहकर्मी लालबाबु बानियाँले जनाएका छन् । तर विद्युत प्रधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख च्युटन श्रीवास्तवले भने उपभोक्ता समितिभित्र हावी भएको राजनीति नै समस्याको कारक भएको बताउनुभएको छ । उहाँले उपभोक्ता समिति भित्रको आन्तरिक किचलोकै कारण बक्यौता बुझाउनमा ढिलाई भएको बताउँदै प्राधिकरण केन्द्रमा उपभोक्ता समिति खारेजीको लागि निवेदन गएको जानकारी दिनुभयो । प्राधिरणको सामुदायिक विभागमा उपभोक्ता समिति खारेज कै माग भएकोले स्टेरिङ कमिटिको बैठक बसेर निर्णय गरेपछि प्राधिरणले विद्युत वितरण गर्ने जानकारी उहाँले दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन