पर्साका विभिन्न खोलाबाट व्यापक मात्रामा गिट्टी, बालुवाको तस्करी



असार २२ पर्साका विभिन्न खोलाबाट व्यापक मात्रामा गिट्टी, बालुवाको तस्करी भइरहेको छ । स्थानीय प्रहरी तथा गाउँका युवाहरूसँग मिलोमतो गरी गिट्टी, बालुवा झिक्ने काम भइरहेको स्थानीयले बताएका छन् । पर्यावरणीय अनियमितता हुने भनी जिल्ला समन्वय समिति, पर्साले असार १ गतेदेखि ढुङ्गा, गिट्टी, बालुवा उत्खननमा रोक लगाउने गरेको छ । तर स्थानीय प्रहरीको संरक्षणमा खोलाबाट बालुवा झिक्ने कार्य भइरहेको निचुटाका स्थानीयवासीले जनाएका छन् । जिल्ला समन्वय समिति, पर्साले भेडाहा, जमुनी, सिंघाही, करजलिया तथा शंकरसरैयामा रहेका खोलाबाट बालुवा झिक्न टेन्डर गरेको थियो । समयावधि सकिने बित्तिकै ठेकेदारहरू खोला छोडेर गएका छन् तैपनि व्यापक मात्रामा गिट्टी, बालुवा झिक्ने काम भइरहेको छ । दैनिक एउटा खोलाबाट दुई सयभन्दा बढी ट्याक्टर गिट्टी, बालुवा निकाल्ने गरिएको स्थानीयले जानकारी गराएका छन् । साँझतिर खोलामा ट्याक्टर लैजाने र राति लोड गरेर प्रहरीलाई नजराना बुझाएर अन्यत्र लैजाने गरिएको छ । विकास, निर्माणको काम भईरहेकोले पर्सामा अहिले पनि गिट्टी बालुवाको माग भइरहेको छ । नियमानुसार जिल्ला समन्वय समितिले असार १ गतेदेखि नै गिट्टी, बालुवा झिक्न बन्द गरेको छ । जिल्ला समन्वय समितिका कर्मचारी स्रोतका अनुसार असार र साउनमा अधिकांश विकास निर्माण कार्य हुने हँुदा काम प्रभावित नहोस् भनी मौन बसेको प्रतिक्रिया दिएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन