नारायणी उप–क्षेत्रिय अस्पतालमा सरुवा रोगका विरामीहरुको संख्या बढयो



असार २९ बीरगञ्जको नारायणी उप–क्षेत्रिय अस्पतालमा केहि दिन यता सरुवा रोगका विरामीहरुको संख्या बढेको छ । केहि दिन पहिले परेको वर्षाका कारण सरुवा रोगका विरामीको संख्या बढेको अस्पतालले जनाएको छ । गतवर्षको तुलनामा यसवर्ष अस्पतालमा उपचारका लागि सरुवा रोगका विरामीहरु धेरै आएको चिकित्सकहरुले बताएका छन् । दुषित पानी, फोहोरमैला र खानपानमा ध्यान नदिंदा बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने र झाडाबान्ता हुने जस्ता समस्या धेरै देखिएको नारायणी उपक्षेत्रिय अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर चित्तरन्जन साहले बताउनुभयो । मेसु साहका अनुसार अहिले दैनिक आउने विरामी मध्ये सरुवा रोगका विरामी धेरै रहेका छन् । दैनिक १ सय ५० को हाराहारीमा सरुवा रोगको विरामीहरु उपचारका लागि अस्पतालमा आउने गरेको उहाँको भनाई छ । बालबालिकामा स्वास्थ्य समस्या देखिने बितिकै तुरुन्त स्वास्थ संस्थामा गएर जाँच गराउन सल्लाह समेत मेसु साहले दिनुभयो । बालबालिकालाई सरुवा रोगबाट जोगाउन सरसफाई र खानेकुरामा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन