पोखरिया नगरपालिकाको विरन्चीवर्वा पुर्ण खोपयुक्त वडा घोषणा
असार ३० पर्साको पोखरीया नगरपालिका वडा नम्बर ७ विरन्चीवर्वालाई शुक्रबार एक कार्यक्रमका बीच पुर्ण खोपयुक्त वडा घोषणा गरिएको छ । स्वास्थ्य चौकी विरन्चीवर्वाको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका निमित प्रमुख सचिता नन्द सिंहले बिरन्चीबर्वालाइ पुर्ण खोपयुक्त वडा घोषणा गर्नु भएको हो । पोखरिया नगरपालिका कार्यालयका कार्यकारी अधिकृत नाथु साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंहले स्वास्थ्य चौकी बिरन्चीबर्वाका प्रमुख अनिषकान्त कुशवाहालाई प्रसंशापत्र प्रदान गर्नु भएको थियो । पोखरिया नगरपालिका वडा नंबर ७ का वडा सचिव मणिभुषण महतोको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी ,स्थानिय सामाजसेवी मदन मोहन माली ,गान्धी ठाकुर ,मुडली स्वास्थ्य चौकीका प्रमखु योगेन्द्र चौरसिया, पकहामैनपुर स्वास्थ्य चौकीका प्रमुख डाक्टर महेश सिंह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बिरन्चीबर्वा स्वास्थ्य चौकीका भुतपुर्व ईन्चार्ज कपिलदेव मिश्रालाई दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियोे ।