आलुको बोरामा लुकाएर ल्याउँदै गरेको ५० राउन्ड गोली सहित दुई जना पक्राउ



साउन ४ बी्रगंज
पर्सा प्रहरीले ५० राउन्ड गोली सहित दुई जना मानिस पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविकको वागवाना गाविस वडा नं ७ मनवाटोल र हाल पर्सागढी गाउँपालिका १ बस्ने ५५ बर्षका क्षेत्री चौधरी र २१ बर्षका रामकिशुन चौधरी रहेका छन् । चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १२ बोरको बन्दुकमा लाग्ने गोली ५० थान बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय पर्सामा बुधबार पत्रकार सम्मेलन गरेर गोली सहित चौधरीद्वयलाई सार्वजनिक गरिएको थियो । मनवा र रंगपुरटाँडीको बीच बाटोमा ना ४५ प ९११६ नम्बरको निलो रंगको एक सय सीसीको प्लाटिना मोटरसाईकलमा सवार उनीहरुले शंकास्पद व्यवहार देखाएपछि प्रहरीले चेकजाँच गरेको थियो । प्रहरीका अनुसार चामलको बोरमा आलु बोकेर आउँदै गरेका उनीहरुले आलु भित्र गोली लुकाएर ल्याएका थिए । गिरीका अनुसार क्षेत्री र रामकिसुन गाँजा र काठ तस्करीमा संलग्न गिरोह रहेको र उनीहरुले गाँजा र काठ तस्करीमै प्रयोग गर्नका लागि भारतबाट गोली लिएर आएको तथ्य खुलेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पत्रकार सम्मेलनमा क्षेत्रीले यसअघि २०६७ साल असार ३ गते काठ तस्करीको क्रममा वन रक्षकलाई कुटपिट गरी घाइते बनाएको जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन