पर्साकोे डकैला बहुअरीमा जग्गाको विवादमा भएको झडपमा चार जना घाइते
साउन ५ बीरगंज
पर्साको बहु्दरमाई गाउँपालिकाको डकैला बहुअरीमा जग्गाको बिषयमा विवाद भइ दुइ पक्ष बिच भएको झडपमा चार जना घाइते भएका छन । घाइते हुनेहरुमा स्थानीय ६० बर्षीया सम्पाती देवि, ३५ बर्षिया सविता देवि, ४० बर्षिय छठु साह कानु र २९ बर्षिय किशोरी साह कानु रहेका छन् । घाईते मध्ये सम्पाती देवीको अवस्था गम्भिर छ । घाईते चारै जनाको नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जमा उपचार भईरहेको छ । जग्गाको विषयमा विवाद हुँदा स्थानीय किशुन ठाकुर, विशुन ठाकुर, रामानन्द ठाकुर,गेनालाल ठाकुर लगायतले उनीहरुलाई कुटपीट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।सम्पाती देविको जग्गा कब्जा गरेर बसेका ठाकुर परिवारलाई जग्गा छोडिदिन आग्रह गर्दा उनीहरुले उल्टै विवाद गरेर कुटपीट गरेको प्रहरीले जनाएको छ ।