बाराको चैनपुरमा रहेको चावो विरो उद्योगमा कार्यरत एक भारतीय कामदारको मृत्यु
साउन ८ बीरगंज
बाराको परवानीपुरको चैनपुर स्थित ओम चावो विरो ईन्डष्ट्रिज उद्योगमा कार्यरत एक भारतीय कामदारको मृत्यु भएको छ । उद्योगमा काम गर्ने भारत विहारको मोतीहारी नजिकै बेलहिया घर भएका २८ बर्षीय प्रकाश सिंहको मृत्यु भएको हो । शनिबार बिहान ८ बजे देखि बेलुकी ८ बजेसम्म १२ घण्टा काम गरेका सिंह शनिबार बेलुकी खाना खाएर आफनै क्वाटरमा सुत्नुभएको थियो । आइतबार बिहान उठाउन जाँदा सिंह मृत अवस्थामा भेटिएको उद्योगका मजदुर गुडडु ंिसहले जानकारी दिनुभयो । मजदुर सिंहलाई मृत देखेर उनका काका र कामदारहरुले कारखाना व्यवस्थापन पक्षलाई जानकारी गराएका थिए । खाना खाएर राम्रैसँग सुतेका व्यक्ति आज विहान अचानक मृत फेला परेपछि घटना रहस्यमय बनेको मजदुरहरुले बताएका छन । मजदुर सिंह मृत अवस्थामा भेटिएपछि मजदुरहरुले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले उद्योग परिसरमा पुगेर घटनाबारे अनुसंधान गरिरहेको प्रहरी चौकी परवानीपुरका प्रहरी नायव निरिक्षक रुपक मैनालले जानकारी दिनु भयो । शव पोष्टमार्टमको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा राखिएको छ ।