परवानीपुरमा खुल्ला स्थानमा शौच गरिरहेको अवस्थामा १२ जना पकाउ
प्रहरी चौकी परवानीपुरले खुल्ला स्थानमा शौच गरिरहेको अवस्थामा १२ जनालाई पकाउ गरेको छ । बेल्वा २ बगहीमा पर्ने टोलको सडक छेउबाट दिसा गरिरहेको अवस्थामा आइतबार बिहान उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा छोटेलाल ठाकुर, महेन्द्र राम, आन्नद राम, छठु सहनी, मुकेश पटेल टईट महरा, विश्वनाथ साह, राधा पटेल, प्रभु राम र इईनरदेव महतो रहेका छन् । पक्राउ परेका मध्ये ७ जना एक एक हजार जरीवाना तिरेर छुटेका छन् भने पाँच जनालाई अझै प्रहरी नियन्त्रणमा राखिएको छ । सात जनालाई जरिवाना तिराई घरमा चर्पी बनाउने र अब देखि खुल्ला स्थानमा शौच नगर्ने प्रतिबद्धता जनाएपछि मात्रै छोडिएको हाम्रा सहकर्मी राधेश्याम पटेलले जनाएका छन् ।