जग्दम्बा ईन्टरप्राईजेज उद्योगमा कार्यरत एक मजदुरको मृत्यु
साउन ९ बीरगंज
पर्साको बेल्वा गाउँपालिका वडा नं ६ मा रहेको जग्दम्बा ईन्टरप्राईजेज उद्योगमा कार्यरत एक मजदुरको मृत्यु भएको छ । राती ३ बजेको समयमा उद्योगमा कार्यरत भारतीय नागरिक उपेन्द्र गोढको मृत्यु भएको हो । गोढको मृत्यु भएको बारे बिहानै मजदुरहरुले प्रहरीलाई खबर गरेका थिए । घटना भएको थाहा पाए लगतै प्रहरीले उद्योगमा पुगेर अनुसंन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । मृतक गोडको शवलाई पोष्टमार्टमको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा ल्याउने तयारी भईरहेको छ । राति उद्योगमा काम भईरहेकै अवस्थामा अचानक बत्ति गएको र उद्योगबाट उत्पादित फलाम चिस्याउने खाल्डोमा जमेको पानीमा खसेर उनको मृत्यु भएको स्रोतले जनाएको छ । तर प्रहरीले भने मृत्युको कारण खुली नसकेको जनाएको छ । मृत्युको वास्तविक कारण पोष्टमार्टम रिर्पोट र आवश्यक अनुसंन्धानपछि खुल्ने प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिनुभयो ।