बारामा एक युवकद्धारा बञ्चरो प्रहार गरि आफनै श्रीमतीको हत्या
साउन ११ बीरगंज
बारामा मंगलबार राती एक युवकले आफनो श्रीमतीको हत्या गरेका छन् । कलैया उपमहानगरपालिका वडा नं. २४ श्रीपुरका ३५ वर्षिय कृष्ण रामले आफनो ३० वर्षिय श्रीमती उन्ती रामको हत्या गरेका हुन् । घरायसी विवादका कारण राती करीब १० बजे टाउकोमा बन्चरो प्रहार गरी युवकले आफनो पत्नीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । हत्या गर्ने श्रीमान् फरार रहेको र खोजी कार्य भईरहेको बाराका प्रहरी नायब उपरिक्षक राजेन्द्र बाबु रेग्मीले बताउनुभयो । शब पोस्टमार्टमका लागि कलैया अस्पतालमका राखीएको प्रहरीले जनाएको छ ।