पोखरिया अस्पतालमा एण्टी रेविज भ्याक्सीनको अभाव



साउन ११
पर्सा जिल्लाको दोस्रो सदरमुकाम भनेर चिनीने पोखरियामा रहेको जिल्ला अस्पतालमा कुकुरले टोके पछि लगाउने एण्टी रेविज भ्याक्सीनको अभाव भएको छ । कुकुरले टोकेपछि लगाउने भ्याक्सीन नपाएपछि सेवाग्राहीहरु मर्कामा परेका छन । पोखरिया अस्पतालमा हेटौडा क्षेत्रीय मेडिकल स्टोबाट पहिले ५ सय भाईल एण्टीरेविज भ्याक्सिन आउने गरेकोमा अहिले २सय ५० भाईल मात्र आउने गरेकोले सुइको अभाव भएको रेविज भ्यासिन प्रमुख वृजेश दिवेदीले जानकारी दिनुभयो । पर्साको मुडली , विरन्चीवर्वा,रानीगंज,पकहामैनपुर,हरिहरपुर लगायतका ठाउबाट कुकुरले टोकेको विरामीहरु यस अस्पतालमा आउने गरेको भएपनि सुइ नपाएपछि रितै हात फर्किनुपरेको बाध्यता रहेको हाम्रा सहकर्मी लालबाबु बानियाले जनाएका छन ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन