अपरिचित युवाहरुले हातपात गर्दा नारायणी अस्पतालका तीन कर्मचारी घाईते



साउन १५ वीरगन्ज
नारायणी उपक्षेत्रीय अस्पतालमा आज विहान अपरिचित युवाहरुले हातपात गर्दा अस्पतालका तीन जना कर्मचारी घाईते भएका छन् । पाँच जनाको समुहमा आएका युवाहरुले आइतबार विहान ड्युटीमा रहेकी गाईनो वार्डकी डाक्टरचादनी पाण्डे , स्टाफ नर्स ज्योती चौधरी र सुरक्षा गार्ड अफताब देवानलाई हातपात गरी घाईते बनाएका हुन् । वीरगंज नगवाकी गर्भवती महिला सयरा खातुनलाई ब्यथा लागेपछि गएराती नारायणी उपक्षेत्रीय अस्पतालमा डिलिभरी गराउन ल्याउदा अस्पतालको गाईनो वार्डमा रहेका स्वास्थ्यकर्मीहरुले गर्भवती महिलामा डेलिभरीका लागि कुनै लक्षण नदेखीएकोले ब्यथा लागेपछि मात्रै अस्पताल लिएर आउन भनी घर फर्काइ दिएका थिए । तर खातुनलाई घर लिएर जाँदा घरमै सुत्केरी भएर शिशुको मृत्यु भएपछि त्यही निहुँमा खातुनका आफन्त पर्ने युवाहरुले आज विहानको ड्युटीमा खटेका अस्पतालका कर्मचारीहरुलाई हातपात गरेको हाम्रा सहकर्मी आरके पटेलले जनाएका छन् । आइतबार विहान अस्पतालमा हातपात गर्न आएका युवाहरु मध्ये दुई जनालाई भने अस्पतालका कर्मचारीले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । यसैविच कर्मचारीलाई अस्पतालमै पसेर हातपात गरेका युवाहरुलाई कार्यवाहीको माग गर्दै कामकाज ठप्प गरेका कर्मचारीहरुले सहमती पश्चात काम सुचारु गरेका छन् । नारायणी उपक्षेत्रीय अस्पतालका मेडीकल सुपरीटेन्डेन्ट डाक्टर चित्तरन्जन साह , नारायणी उपक्षेत्रीय अस्पताल कर्मचारी ट्रेड युनियनका अध्यक्ष हरी गुप्ता र अस्पतालका अन्य कर्मचारीहरुले घटना पछि आकस्मिक बैठक बसी पक्राउ परेकालाई दायरामा ल्याउने सहमती भएपछि उपचार गराउन आउने विरामीहरुलाई ध्यानमा राखी अस्पतालको सबै सेवा सुचारु गरेका अस्पतालका मेसु साहले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन