वीरगन्जमा राष्ट्रिय जनता पार्टीको भ्रष्टाचार बिरुद्ध धर्ना कार्यक्रम
साउन १७ वीरगन्जमा मंगलबार राष्ट्रिय जनता पार्टीले भ्रष्टाचार बिरुद्ध एक दिने धर्ना कार्यक्रम सम्पन्न गरेको छ । राजपाको वीरगंज महानगर कमिटीले भ्रष्टाचार बिरुद्ध घण्टाघर चोकमा बिहान १० देखि अपरान्ह चार बजे सम्म धर्ना दिएको हो । नगर अध्यक्ष ओमप्रकास सर्राफको अध्यक्षतामा भएको धर्ना कार्यक्रममा राजपाका केन्द्रीय सहमहासचिव निजामुदिन समानी, केन्द्रीय सदस्य रम्भा मिश्रा, मिनु ठाकुर, जिल्ला उपाध्यक्ष ईश्वर यादव,सचिव धर्मेन्द्र पटेल, श्रीराम गिरी, नेताहरु सुरेश साह कानु, कोषाध्यक्ष पन्नालाल पटेल, सचिव संजय पटेल ,रिजवी खालिद , मुनी श्रीवास्ताव, अनिता रौनियार,रेखा साह, समाजसेवी वृजेश चौधरी ,शुभनारायण कुर्मी लगायतको सहभागिता थियो ।संसदिय बिकास कोषको रकम पारदर्शी र जनतामुखी हुनुपर्ने , जिल्ला समन्वय समिती र नगरपालिकाबाट पेश्की लिएर पनि काम नगर्नेहरुको सुचि सार्वजनिक गर्नु पर्ने लगायतका विभिन्न ९ सुत्रिय माग राख्दै राजपाले धर्ना कार्यक्रम गरेको हो । राजपाका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र कुर्मीले धर्नामा सहभागीहरुलाई माला लगाई स्वागत गर्नुभएको थियो ।