छोरीको प्रेमीको हत्यारा बुवा आमा र हजुरबुबा सहित पाँच जना पक्राउ



साउन १९ बीरगंज
छोरीको प्रेमीको हत्या गरि डेढ वर्ष देखि फरार रहेका बुवा आमा र हजुरबुबा सहित पाँच जनालाइ प्रहरीले पक्राउ गरेको छ । बाराको साविकको गाविस भोडाहा ४ की प्रियंका साहलाइ भेटन उनका प्रेमी रौतहटको साविकको गाविस सन्तपुर दोस्तीया ७ का २५ वर्षिय पुण्य देव यादव प्रियंकाको घरमा आएका बेला २०७२ साल फागुन ४ गते प्रियंकाका अभिभावकहरुले पुण्य देवको हत्या गरेका थिए । हत्या लगत्तै घर छाडेर फरार भएका प्रियंकाका बुबा ४६ वर्षिय कृष्ण प्रसाद साह , आमा ४५ वर्षिया रामपतिया देवी , दाजुहरु २१ वर्षिय राजेश प्रसाद साह र १९ वर्षिय प्रमोद साह तेली तथा हजुरबुबा ६४ वर्षिय मिश्रीलाल साह तेलीलाइ पर्सा प्रहरीले वीरगन्जको सीमावर्ती भारतीय गाँउमा लुकीछिपी बसेको अवस्थामा एकैस्थानबाट गएराति पक्राउ गरेको हो । तर प्रहरीले भने उनिहरुलाइ वीरगन्जको इनर्वाबाट आज बिहान पक्राउ गरेको जनाएको छ । पक्राउ परेका पाँचै जनालाइ आवश्यक कार्वाहीका लागि आजै नै जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको पर्साका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले जानकारी दिनु भयो । रौतहटको साविकको गाविस सन्तपुर दोस्तीया गाविस वडा नम्बर ७ का २५ वर्षिय पुण्यदेव बाराको भोडहामा रहेकी आफ्नी प्रेमिका प्रियंकालाई भेट्न २०७२ साल फागुन ४ गते नै घरबाट हिडेका थिए । घरबाट हिडेकै दिन देखि घरपविार र आफन्तको सम्पर्कबाट बाहिर रहेका पुण्यदेवको शव बाराको मनहर्वा मझौलियामा अवस्थित टेङग्रहर खोलाको पश्चिम तर्फको बाँसघारीमा गाडिएको अवस्थामा फागुन १२ गते भेटिएको थियो । बाँसघारीमा टाउको तथा दाहिने हात नभएको अवस्थामा पुण्यदेवको शव बरामद भएको थियो । प्रहरीका अनुसार रौतहटका पुण्यदेव र बारा भोडहाकी प्रियंका बिच लामो समय देखि प्रेम सम्बन्ध रहेको थियो । २०७२ सालकै दशैं ताका घर छाडेर भागेका दुवै जनालाइ अभिभावकहरुको उजुरीका आधारमा कामाण्डौको कमलपोखरी स्थित महानगरीय प्रहरी आयुक्तको कार्यालयले पक्राउ गरेको थियो । त्यस बेला प्रहरीले युवतीलाइ उनका बुवा र युवकलाई उनका दाजुको जिम्मा लगाएर घर पठाएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन