पर्सामा निर्वाचन आचारसंहिता उल्लंघन गरेको सात वटा गाडी र्कावाहीमा



भाद्र २५ बीरगंज निर्वाचन आचासंहिता उल्लंघन गरे नगरेको बारे अनुगमन गर्न पर्सा जिल्लामा खटिएको अनुगमन टोलिले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै अहिले सम्म सात वटा गाडी पक्राउ गरी र्कावाही गरेको छ । राजनीतिक दल र उम्मेदवारहरुले निर्वाचन आचार संहिता उल्लंघन गरि चुनावी प्रचार प्रसारमा प्रयोग गरेका सात वटा गाडी अनुगमन टोलीले नियन्त्रणमा लिएको हो । पर्सा जिल्लामा गत शुक्रबार देखी शुरु भएको अनुगमनको क्रममा शुक्रबार चार वटा र हिजो शनिवार तीन वटा गरी सात ओटा गाडी नियन्त्रणमा लिएर कार्वाही गरिएको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले बताउनुभयो ।
यसैबिच निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले उपप्रधान तथा संघीय मामिला तथा स्थानिय विकास मन्त्री विजयकुमार गच्छदारसँग स्पष्टिकरण माग गरेको छ । वीरगञ्ज महानगरपालिकाको चुनावी प्रचार प्रसारमा नेपाल लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताले २५ भन्दा बढी गाडी र सय भन्दा बढी मोटरसाईकल प्रयोग गरेको सुचनाका आधारमा निर्वाचन आयोगले उपप्रधानमन्त्री गच्छदारसँग स्पष्टिकरण सोधेको हो । निर्वाचन आचार संहिता विपरित गाडी र मोटरसाईकलको रयाली निकालेर आचार संहिता उल्लंघन गरेकाले कारबाही गर्न नपर्नका कारण २४ घण्टाभित्र पेश गर्न भन्दै निर्वाचन आयोगले गच्छदारसँग स्पष्टीकरण माग गरेको हो । त्यस्तै जलस्रोत राज्यमन्त्री अमर सिंह पुनले बाराको जितपुर सिमरा उपमहानगरपालिका ११ फत्तेपुरमा कंग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर निर्वाचन प्रचार प्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले २४ घण्टा भित्र स्पष्टिकरण पेश गर्न भनेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसले जन्मदिनको अवसरमा बृक्षारोपण कार्यक्रम सफल तरिकाले पहल गरेको छ
एक खर्ब १३ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयत
युवालाई रोजगार सृजना गर्न ‘हाम्रो सानो प्रयास’ प्रशिक्षण
नवलपरासीका मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन